आजको राशिफल
आजको दिनका लागि सबै राशिका मानिसहरूका लागि विशेष राशिफल र ज्योतिषीय मार्गदर्शन
नाम शुरुवात अक्षर
सेवामूलक कामबाट लाभ प्राप्त हुनेछ। ठेकापट्टा सम्बन्धी कार्यमा विशेष स्थान प्राप्त होला। जीवनसाथीसँग पुराना कुरालाई लिएर विवादको स्थिति उत्पन्न हुन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
नाम शुरुवात अक्षर
आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सापटी दिनबाट बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
नाम शुरुवात अक्षर
प्रेम सम्बन्ध सुमधुर रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। मनोबल बढ्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
नाम शुरुवात अक्षर
व्यापार व्यवसायमा बुद्धि र विवेकको उपयोगले अगाडि बढ्न सफल भइनेछ। युवा वर्गहरूलाई करियर बनाउन नयाँ अवसर प्राप्त हुनेछ। मनमा असन्तोषको भावना जागृत हुन सक्छ सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
नाम शुरुवात अक्षर
आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। चिताएका कार्य पूरा हुनेछन्। प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सक्नुहुनेछ। प्रभावशाली व्यक्तिसँग भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
नाम शुरुवात अक्षर
व्यक्तित्वमा निखार ल्याउने समय रहेको छ। स्वास्थ्यले साथ दिनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
नाम शुरुवात अक्षर
विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। प्राविधिक कार्यबाट सफलता मिल्ला। चिताएका कार्य समयमा सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
नाम शुरुवात अक्षर
आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ। अवसरवादीहरूले झुक्याउन सक्लान्। स्वास्थ्यमा ध्यान दिनुहोस्। नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
नाम शुरुवात अक्षर
घर परिवारमा रमाइलो समय बित्नेछ। आफूभन्दा ठूलाको साथ मिल्नेछ। सामाजिक सञ्जाल वा चलचित्रको क्षेत्रमा विशेष सफलता मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
नाम शुरुवात अक्षर
कार्यक्षेत्रमा उन्नतिका योग छन्। आर्थिक कारोबारमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। कर्मयोगको विचारधारा मानसम्मान दिलाउन सहायक हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
नाम शुरुवात अक्षर
गरिएको कामको उचित प्रतिफल पाइनेछ। चुनौती पन्छाएर नयाँ कार्यको जग बसाउने समय रहेको छ। पहिलाका उपलब्धिले थप उत्साह दिलाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
नाम शुरुवात अक्षर
घरको कार्यमा धन खर्च गर्नुपर्ला। व्यापारमा हिसाब किताब गर्दा सावधान रहनुहोस्। ज्ञानलाई निखार्ने समय रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।
राशिफल सम्बन्धी भिडियो
राशिफल र ज्योतिष सम्बन्धी थप जानकारीका लागि यो भिडियो हेर्नुहोस्।
आजको राशिफल - विस्तृत ज्योतिषीय मार्गदर्शन
सामान्य सुझाव
आज सबै राशिका मानिसहरूका लागि अत्यन्त शुभ र सकारात्मक ऊर्जाको दिन हो।
- प्रभातकालमा सूर्य नमस्कार गर्नुहोस्
- मन र वचनमा एकरूपता ल्याउनुहोस्
- दान-पुण्य गर्न शुभ दिन
- पारिवारिक एकता कायम राख्नुहोस्
- सकारात्मक चिन्तन गर्नुहोस्
स्मरण गर्नुहोस्: ज्योतिष शास्त्रले बताउने कुराहरू मार्गदर्शनका लागि मात्र हुन्। आफ्नो कर्म र प्रयासले नै भाग्य निर्माण हुन्छ। सत्कर्म गर्नुहोस्, सफलता आफैं आउनेछ।
शुभ अस्तु! 🙏

