Cosmic Zodiac Wheel Loading

धर्मेन्द्र कृष्ण पौडेल

ब्रह्माण्डीय ऊर्जा लोड हुँदै...

हाम्रो बारेमा

शास्त्री धर्मेन्द्र कृष्ण पौडेल

शास्त्री धर्मेन्द्र कृष्ण पौडेल

शास्त्री धर्मेन्द्र कृष्ण पौडेलज्यू १० वर्षभन्दा बढी अनुभवभएको प्रख्यात ज्योतिषशास्त्र र वास्तुशास्त्रका विज्ञ हुनुहुन्छ। १८ वर्षको उमेरदेखि ज्योतिष अभ्यास सुरु गरी वृन्दावनका प्रसिद्ध आचार्यहरूसँग विशेष अध्ययन गर्नुभएको छ।

हाम्रो पात्रो लोगो

हाम्रो पात्रो एप्लिकेसनमा कार्यरत

उहाँ नेपालको लोकप्रिय हाम्रो पात्रो एप्लिकेसनमा मुख्य ज्योतिषशास्त्र सल्लाहकारको रूपमा कार्यरत हुनुहुन्छ र दैनिक राशिफल लेख्ने जिम्मेवारी सम्हाल्नुहुन्छ।

नेपाली टेलिभिजनमार्फत लाखौं दर्शकलाई ज्योतिषीय ज्ञानप्रदान गर्नुका साथै, उहाँ १८ पुराणका प्रवक्ता र वैदिक ज्योतिष तथा वास्तुका गहिरा अध्येता हुनुहुन्छ।

ज्योतिषशास्त्रमा १० वर्षभन्दा बढीको अनुभव भएको शास्त्री धर्मेन्द्र कृष्ण पौडेलज्यू अहिले नेपालको सबैभन्दा लोकप्रिय हाम्रो पात्रो एप्लिकेसनमामुख्य ज्योतिषशास्त्र सल्लाहकारको रूपमा कार्यरत हुनुहुन्छ। उहाँले हाम्रो पात्रोको दैनिक, मासिक र वार्षिक राशिफल लेख्ने गर्नुहुन्छ। कुण्डली विश्लेषणका लागि चर्चित ज्योतिष पौडेलले १८ वर्षको उमेरमा नै ज्योतिषशास्त्रमा कदम राख्नु भएको हो भने त्यसअघि उहाँले वृन्दावनका प्रसिद्ध ज्योतिषहरूसँग विशेष अध्ययन गर्दै ज्ञान हासिल गर्नुभएको हो।

चर्चित नेपाली टेलिभिजनमा आफ्नो ज्योतिषीय परामर्श मार्फत् उहाँले लाखौं दर्शकहरूलाई जीवनका रहस्यमयी पक्षहरूमा ज्ञानदिनु भएको छ। त्यसबाहेक, उहाँ एक प्रतिष्ठित कलेजमा वास्तुका प्राध्यापकको रूपमा समेत कार्यरत हुनुहुन्छ। उहाँले विद्यार्थीहरूलाई प्राचीन शास्त्रको शिक्षण दिने गर्नुभएको छ।

त्यति मात्र नभएर धर्मेन्द्र कृष्ण पौडेल १८ पुराणका प्रवक्तासमेत हुनुहुन्छ। उहाँले आफ्नो आधा जीवन वैदिक ज्योतिषशास्त्र र वास्तुको अध्ययनमा नै बिताउनु भएको छ।

विशेषज्ञता

  • 🌟 वैदिक ज्योतिषशास्त्र
  • 🏠 वास्तुशास्त्र
  • 📜 १८ पुराण प्रवचन
  • 📊 कुण्डली विश्लेषण

सेवाहरू

  • 📱 हाम्रो पात्रो एप्लिकेसन
  • 📅 दैनिक राशिफल
  • 📺 टेलिभिजन परामर्श
  • 🎓 शिक्षण कार्य
  • 💬 व्यक्तिगत परामर्श
  • 🎬 YouTube च्यानल
📺

YouTube च्यानल

हाम्रो YouTube च्यानलमा दैनिक राशिफल, वैदिक ज्योतिष शास्त्रका गहिरा विषयहरू, पुराणका कथाहरू, मन्त्र जप, र आध्यात्मिक मार्गदर्शनका नियमित भिडियाहरू हेर्न सक्नुहुन्छ।

प्रत्येक दिन नयाँ सामग्री, जीवनका समस्याहरूको ज्योतिषीय समाधान, र वैदिक ज्ञानका अमूल्य रत्नहरू पाउनुहोस्।